काठमाडौं खबर पुस १४, २०८१
काठमाडौं । नेकपा एमालेबाट कारबाही भोगेका भीम रावललाई लक्षित गर्दै एमालेका उपमहासचिव विष्णु रिमालले आक्रोशपूर्ण स्टाटस लेखेका छन् । रावलको नाम नलेखे पनि स्पष्टरूपमा बुझिने गरी भीम रावललाई कटाक्ष गर्दै लामो स्टाटस लेखेका छन् । उनले एमाले रावलको पार्टी नभएको भन्दै ह्याउ भए आफ्नै पार्टी खोलेर देखाउन चुनौती दिएका छन् ।
‘‘अनवरत ‘किच–किच’ गरेर बसिरहे। प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ,’’ उनले लेखेका छन्, ‘‘उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बीचमै छोडे, अन्तै दौडिए। ‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।’’
फेरि एक समय ‘जोरीपारी’हरू ‘एमाले विनाको राजनीति’को खेतीमा लागेका बेला उनी ‘ओलीविनाको एमाले’ भन्दै उफ्रिएको रिमालको दाबी छ ।
यस्तो छ रिमालको स्टाटस