काठमाडौं खबर पुस ९, २०८१
काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि मौसममा बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकाको मौसममा बिहानैदेखि प्रभाव पारेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार मंगलबार राति काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमबाट बादल आइरहेकोले त्यसैले काठमाडौँ उपत्यकामा दिनभर मौसम बदली भएर रातितिर पानी पर्ने सम्भावना देखिएको विभागले जनाएको छ ।