काठमाडौं खबर मंसिर २९, २०८१
काठमाडौं । शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झनै ओरालो लागेको छ । हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेकोमा आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन्।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।