काठमाडौं खबर मंसिर २८, २०८१
काठमाडौं । केही दिनअघि शव भेटिएको केही पर काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आज पनि एक शव भेटिएको छ । केही दिनअघि एक पुरुषको शव भेटिएकोमा आज एक युवती मृत फेला परेकी हुन्।
तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ । मृतक युवती शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार रहेको खुलेको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।