काठमाडौं खबर मंसिर २७, २०८१
काठमाडौं । एनपीएलको आज भएको विराटनगर र पोखराको खेल सुपरओभरमा गएको छ । बिहान नौ बजेदेखि सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई १४० को तार्गेट दिएको थियो । तर पछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा जम्मा १३९ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो ।
यो एनपीएलको जारी सिजनको पहिलो सुपरओभर हो ।