![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । आज काठमाडौंमा वर्षकै अत्यधिक चिसो महसुस गरिएको छ । सोमबार भएको हिमपात र हिउँदे वर्षापछि उपत्यकामा चिसोको मात्रा बढेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच डिग्रीको विन्दुमा झरेको हो ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ। हिजो ६.४ डिग्री सेल्सियस थियो।
यो वर्ष (२०८१) लागेयता काठमाडौँको न्यूनतम तापक्रम सबैभन्दा तल झरेको यही ५.६ डिग्री सेल्सियस हो। सो तापक्रम यसअघि यही मंसिर १९ गते पनि रेकर्ड भएको थियो ।