काठमाडौं खबर मंसिर १८, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् आजको पहिलो खेल विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । पहिलो खेल शनिबार जनकपुरसँग पराजित भएको विराटनगर आज सुदूरपश्चिसँग जित निकाल्ने प्रयासमा छ भने सुदूरपश्चिम पहिलो खेलमा नै जित निकाल्ने दाउमा छ ।
खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेलमा जनकपुरसँग पराजित हुँदा विराटनगरका मार्टिन गुप्टिल एनपीएलको पहिलो संस्करणमा अर्धशतक हान्ने पहिलो खेलाडी बनेका थिए। न्युजिल्यान्डका उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए।