काठमाडौं खबर मंसिर १४, २०८१
काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आज नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दैछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली क्रिकेटर शक्ति गौचनको प्रशिक्षण एवं हेमन्त धामीको कप्तानीमा खेल हुँदैछ ।
खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ । नेपाल गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर एसिया कपका लागि छनोट भएको थियो ।
नेपाल रहेको समूह बीमा श्रीलंकासहित बंगलादेश र अफगानिस्तान छन्।