काठमाडौं खबर मंसिर ७, २०८१
काठमाडौं । जागरणसभाको नाममा दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) लाई जरिबाना तिराएको छ । शुक्रबार एमालेले गरेको कार्यक्रम सकिएपछि पनि फोहोर व्यवस्थापन नगरेको भन्दै बालेनले एमालेलाई कारबाही गरेको हो ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमाले केन्द्रीय कार्यालयको नाममा लेखेको पत्रमा ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ विपरीत फोहोर गरेको भन्दै सोही ऐनबमोजिम एक लाख जरिवाना गरिएको’ उल्लेख गरिएको छ ।
आज काठमाडौं महानगरपालिका वडा नं १ मा पर्ने दरवारमार्गस्थित खुल्ला सडकमा जागरणसभा गर्दा आम मानिसलाई सास्ती भएको थियो । आफैँले सरकारको नेतृत्व गर्दा पनि आफैँले सडक प्रदर्शन गरेपछि एमाले आलोचित बन्दै आएको छ ।