काठमाडौं खबर मंसिर ४, २०८१
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १० डिग्रीबाट तल झरेको छ । मौसम विज्ञान विभागका अनुसार हिजोसम्म १० डिग्रीभन्दा धेरै रहेको तापक्रम आज ९.९ डिग्रीमा झरेको हो ।
यो बिहान ५:४५ बजेको तापक्रम हो । सोमबार सोही समयताका न्यूनतम १०.५ डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर आज ९.९ डिग्री सेल्सियसमा झरेको हो।
अहिले बिहान ८:४५ सम्म अझ घट्ने सम्भावना हुन्छ। उपत्यकामा आइतबार न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस थियो।