काठमाडौं खबर मंसिर २, २०८१
काठमाडौं । कीर्तिपुरमा नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षले हातपात गरेका छन् । नगरपालिकाको वडा नं ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले शाक्यको कार्यकक्षमा तोडफोड गर्नुका साथै हातपात समेत गरेका हुन् । उनी २०७९ सालमा भएको निर्वाचनमा उनी नेकपा एमालेबाट चुनाव जितेका थिए ।
उनले आफूलाई भेट्न समय नदिएको भन्दै उनले आक्रोश पोखेका हुन् । वडाध्यक्ष मर्हजनले दिउँसो साढे २ बजेतिर कार्यालय पुगेर कार्यवाहक मेयरमाथि हातपात गरेको नगरपालिकाका अधिकारीहरूले बताएका छन् । यद्यपि वडाध्यक्ष महर्जनले भने तोडफोड गरे पनि हातपात नगरेको दाबी गरेका छन्।
मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । नयाँ मेयर पदका लागि आज मनोनयन पत्र दर्ता भएको छ।