काठमाडौं खबर कार्तिक २९, २०८१
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) नेतृत्वले आर्थिक नियमावली र कार्यविधिविपरीत सेवा सुविधा बाँडेको र नक्कली सर्टिफिकेट पेस गरी जागिर खाएको भन्दै खेलाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । ‘पीडित खेलाडीहरू’को नामबाट दिइएको उजुरी अख्तियारले दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।
बिहीबार सी ०२८६०९ नम्बरमा दर्ता भएको यो निवेदनमा नेपाली फुटबल खेलको मेरुदण्डको रूपमा मानिने शहीद स्मारक बी डिभिजन लिग तीन वर्षसम्म गर्न नसकेको विषय पनि उठाइएको छ । त्यस्तै, विगत पाँच सय २१ दिनदेखि ए डिभिजन लिग गर्न नसक्दा कैयौं खेलाडी, रेफ्री र प्रशिक्षकहरू समेत बेरोजगार बन्नु परेको उल्लेख गरेको छ ।
त्यस्तै, योग्यता नपुगेका कर्मचारी गोकुल थापालाई महत्वपूर्ण जिम्मेवारीसहित सहसचिवस्तरको सेवासुविधा दिएर अख्तियारको दुरुपयोग गरिएको आरोप पनि उक्त उजुरीमा लगाइएको छ ।
यस्तो छ उजुरीको पूर्णपाठ