काठमाडौं खबर कार्तिक २६, २०८१
काठमाडौं । युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालको कसिलो बलिङका कारण थाइल्याण्डलाई नेपालले १०६ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले विश्वकप खेल्ने सम्भावनालाई अझै जीवितै राखेको छ । यो नेपालले खेलेको चौथो खेलमा तेस्रो जित हो ।
नेपालले तेस्रो खेलमा युएईसँग पराजित भएको थियो भने यसअघि कुवेत र थाइल्याण्डलाई पराजित गरेको थियो । कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।
अहिलेसम्मको अंक तालिकाअनुसार अपराजित युएई शीर्ष स्थानमा छ भने नेपाल युएईसँग एक खेल पराजित भएर दोस्रो स्थानमा रहेको छ । डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ । अब दुवै खेलमा नेपालले जित हासिल गर्न सकेको खण्डमा नेपालले विश्वकप खेल्न पाउने छ ।