काठमाडौं खबर कार्तिक २५, २०८१
काठमाडौं । मानव तस्करीको मुद्दामा जोडिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतमा पुगेका छन् । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । जापानको इमिग्रेसनले फर्काएका उनीहरुमध्ये मन्त्रीबाहेक अरूलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।
आज उनकै घरबाट पक्राउ परेका अधिकारीलाई आजै काठमाडौं जिल्ला अदालत लगेर दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ ।
उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।
अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो ।