काठमाडौं खबर कार्तिक २०, २०८१
काठमाडौं । विगत तीन दिनदेखि सुरु भएको हिउँदे वर्षा आज पनि हुने सम्भावना देखिएको छ । तर यो देशको पहाडी र हिमाली भेगमा मात्रै सीमित हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो काठमाडौं उपत्यकमा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। तर यो सम्भावना केवल २० प्रतिशत रहेको मौसम महाशाखाले जनाएको छ।
उपत्यकाबाहिर भने दिउँसो र राति पनि पानी पर्ने सम्भावना छ । राति पनि बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका अनुसार अहिले बिहान भने देशभर मौसम आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।