

काठमाडौं । सहकारीको बचत हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई छुटाउनका लागि रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको जानकारीमा आएको छ । सोमबार राति बालुवाटर पुगेका उनीहरूले ओलीलाई भेटेर पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ताको लागि हारगुहार गरेको एमाले नेता विष्णु रिजालले दाबी गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन् : ‘दिनभरि प्रधानमन्त्रीका विरूध्दमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसॉस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती-राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ? यति हेक्का राखे हुन्छ- राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहॉले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’
त्यस्तै, पत्रकार किशोर श्रेष्ठले सो भेटमा प्रधानमन्त्रीले अर्याल र परियारलाई छुद्र जवाफ दिएको बताएका छन् । पत्रकार श्रेष्ठले फेसबुकमा लेखेका छन् : ‘दिनभर पुत्ला डढाएर राती अबेरसम्म भेट्न पालो कुरी बसेका (हिजो राती साढे ८ देखि ११ बजे) माननीयज्यूहरुलाई प्रधानमन्त्रीज्यूले “जुठो परेको थियो,काट्टो खान आउनुभो ? अदालतले समात्न अनुमति दिएकोमा सरकारले छाड्ने ठाउँ कहाँ छ र” भनी रुखो नबोल्देको भए कत्ति राम्रो हुने थियो भन्छन् साथीहरू !’