फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले सानोगौचरण नाइटकिङ्ग (एसएनकेसी)लाई ट्राईवेकरमा ३–१ ले पराजित गरेको छ। निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि खेल टाईवेकरमा धकेलिएको थियो ।
निर्धारित समयसम्म आर्मीको तर्फबाट हरि महतोले गोल गरे भने सानोगौचरणका लागि जगतमान लामाले गोल गरे । आर्मीका महेन्द्र खवास प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार राष्ट्रिय फुटबल टिमका खेलाडी भरत खवासले वितरण गरेका थिए ।
त्यस्तै, आजै सम्पन्न अर्को खेलमा ठमेल टुरिज्जम डेभलपमेन्ट काउन्सिलले चितवन भेट्रान्स एफसीलाई ४–० ले पराजित गरेको छ । ठमेलका लागि टासी छिरिङ्ग, विशाल राई, रमेश गुरुङ्ग र भेषराज राईले गोल गरे । ठमेलका टासी छिरिङ्ग प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार आठौं साफका स्वर्ण पदक विजेता कराँते खेलाडी रवि महर्जनले वितरण गरेका थिए ।
प्रतियोगिताअन्तर्गत भोलिको पहिलो क्वाटरफाईनल खेल बिहान ८ बजे हाम्रो धरान भेट्रान्स फुटबल क्लबविरुद्ध सरस्वतीनगर भेट्रान्स, दोश्रो खेल ११ बजे बानेश्वर फ्रेन्डसिपविरुद्ध फ्रिडम फाईटर , तेश्रो खेल १ बजे त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध किङकम स्पोर्टस क्लब र चौथो खेल दिनको ३ बजे ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलविरुद्ध एनआरटीबीच खेल हुने कार्यक्रम रहेको छ ।