काठमाडौं। फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले धरान सिटी एफसीलाई ५–२ ले पराजित गर्यो ।
त्रिभुवन आर्मी क्लबका राजु तामाङ्ग र सन्तोष नेपालीले समान २÷२ गोल गरे र अर्को गोल हरि महतोले गरे भने धरान सिटि एफसीबाट केन्द्र लिम्बु र सुरज कुमार श्रेष्ठले गोल गरेका थिए । त्रिभुवन आर्मी क्लबका राजु तामाङ्ग प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार नेपाली सेना, भैरव वहान गुल्मका मेजर लेलीन थापा मगरले वितरण गरेका थिए ।
त्यस्तै, आजै सम्पन्न दोश्रो खेलमा किंङ्गकम स्पोर्टस क्लबले फाप्ला स्पोर्टस क्लब, धनगढीलाई ८–१ के फराकिलो अन्तरले पराजित गर्यो । किंङ्गकम स्पोर्टस क्लबबाट निमा लामा र विजय महर्जनले समान २, अन्य गोल राकेश श्रेष्ठ, चन्द्र तामाङ्ग, र बालगोपाल साहुखलले गरेका थिए भने फाप्लाका लागि अशोक चन्द्रले गोल गरेका थिए ।
किंङ्गकम स्पोर्टस क्लबका निमा लामा प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार नेपाल प्रहरीका पूर्व एआईजी अमर सिंह शाहले वितरण गरेका थिए ।
आजको तेश्रो तथा अन्तिम खेलमा एनआरटीले वगर भाई खलक, पोखरालाई २–१ ले पराजित गर्यो । एनआरटीका लागि सुरज कुमार श्रेष्ठ र सुविन घिमीरेले गोल गरेका थिए भने वगर भाई खलकका लागि गंगा तामाङ्गले गोल गरेका थिए । एनआरटीका सुविन घिमिरेले प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष सानुकाजी राजवाहकले वितरण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेल बिहान ९ बजे एसएनकेसी, काठमाडौंविरुद्ध त्रिभुवन आर्मी क्लब र दोश्रो खेल १ बजे ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलविरुद्ध चितवन एफसीबीच खेल हुने कार्यक्रम रहेको छ ।