![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंको दरशथ रंगशालामा चलिरहेको साफ महिला च्याम्पिनयशिप २०२४ को टिकट वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले मंगलबार दिएको उजुरीमा कार्यसमितिको बैठकको निर्णयविपरीत निजी कम्पनीलाई टिकट बिक्रीको जिम्मा दिएको भन्दै आपत्ति जनाएका हुन् ।
कार्यसमितिले टिकट आफैँले बिक्री गर्ने भनेर निर्णय गरे पनि अध्यक्ष र महासचिवको मिलेमतोमा विनाप्रतिस्पर्धा माउन्ट एभरेस्ट इभेन्ट प्रालिलाई टिकट बिक्रीको अधिकार दिएकोले यसमा भ्रष्टाचार भएको आरोप खत्रीको छ । उनले यसरी विनाप्रतिस्पर्धा टिकट बिक्रीको अधिकार दिनु गैरकानुनी र अख्तियारको दुरुपयोग भएकोले गम्भीरतापूर्वक छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।
खत्रीले यसमा संस्थागत नभएर व्यक्तिगत स्वार्थ जोडिएको पनि आरोप लगाएका छन् ।