![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । भेट्रान्स क्लब फुटबलअन्तर्गत् आज हिमालयन शेर्पाले चितवन भेट्रान्ससँग खेल खेल्ने भएको छ । थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुने बताइएको छ ।
टिम ए मा रहेको हिमालयन शेर्पा क्लबले सोमबारको खेलका लागि पासाङ शेर्पा, पञ्च नारायण, दिपेश्वर मानन्धर, धर्मेन्द्र लामा, हरिकृष्ण महर्जन, निरन महर्जन, प्रकाश श्रेष्ठ, उमेश लामा, रुपेश केसी, राजुविक्रम थापा, तिल बहादुर गुरुङ, मनु गौतम, दिलिप खत्री, सुभाष काफ्ले, कृष्ण राई, राजु डंगोल, विशाल थापा, निरजमान सिंह, बस्नेत र विनोद पुडासैनीले खेल खेल्ने भएको सो टिमका म्यानेजर राजाराम थापाले जानकारी दिए ।