काठमाडौं खबर अशोज १८, २०८१
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले बुढा नीलकण्ठ नगरपालिका वडा नं ८ र ११ को पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार बिहान थापाले ती क्षेत्रमा अनुगमन गरेर छिटै राहत तथा पुनःस्थापनाको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पहिरो गएलगत्तै कांग्रेसका स्थानीय नेताहरुले तत्कालीन अवस्थामा त्रिपाललगायतका सामग्री उपलब्ध गराएकोमा दीर्घकालीनरूपमा के गर्न सकिन्छ भन्ने अवस्था बुझ्न अनुगमनमा गएको थापाको सचिवालयले जनाएको छ।
यी दुई वडामा थापासहित प्राविधिक टोलीले स्थलगत अनुगमन गरी प्रभावितहरुसंग छलफल गरेको वडा नं ८ का इकाई सभापति राजाराम थापाले जानकारी दिए । उनका अनुसार अब प्रभावित क्षेत्रमा प्राविधिकको सिफारिसबमोजिम आवश्यक राहत वितरण गरिने छ।