काठमाडौं खबर अशोज १७, २०८१
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यसमितिको आपतकालीन बैठक बोलाउन माग गरेका छन् । गत असोज ११ र १२ गतेको बाढी र पहिरोमा परी खेलाडीले ज्यान गुमाएको विषयमा छलफल गर्न बैठकको माग गरिएको हो ।
बिहीबार एन्फा अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा खड्काले कति खेलाडी के आधारमा राखियो ? एन्फाबाट छनोट नभएका खेलाडीले कसरी प्रवेश पाए ? जस्ता विषयहरुमा छानबिनको आवश्यकता रहेको उनको भनाइ छ।
यही छानविनका लागि कार्यसमितिको आपतकालीन बैठक बोलाउन माग गरिएको खड्काले लेखेको पत्रमा उल्लेख छ।