![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ लिगअन्तर्गत् आज अन्तिम खेल ओमानसँग खेल्दैछ । त्रिकोणात्मक सिरिजमा भएको तीन खेलमा तीनै खेल हारेको नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।
क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८:४५ बजे खेल सुरू हुनेछ । नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको हो ।
लगातार तेस्रो खेलमा पराजित नेपाललाई शृंखलाको अन्तिम खेल जित्दै खराब प्रदर्शनलाई रोक्ने अवसर छ।