काठमाडौं खबर भदौ २९, २०८१
काठमाडौं । सञ्चालनमा आएको लामो समयपछि बुढानीलकण्ठमा खुलेको पाँच तारे होटलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । करिब एक वर्षअघिदेखि सञ्चालनमा रहेको पाँच तारे होटल लेमन ट्रि प्रिमियरको शनिबार प्रधानमन्त्रीले औपचारिक उद्घाटन गरेका हुन् ।
दुई अर्ब ५० करोडको लगानीमा निर्मित सो होटलमा एक सय दुईवटा कोठा रहेको बताइएको छ । भारतको ठूलोमध्येमा पर्ने चेन होटलको यो एउटा चेन ब्रान्च हो ।
होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दर स्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताए ।