काठमाडौं खबर भदौ २५, २०८१
काठमाडौं । सत्तारुढ दलहरूको बैठकले अराजकता फैलाउन बालेन र दुर्गा प्रसाईंलाई प्रचण्डले उचालेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको सोमबार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्यस्तो सूचना पाएको बताउँदै सामाजिक सञ्जाल र सदनबाटै प्रतिवादन गरिने बताएका थिए ।
सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृतरूपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृतरूपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
त्यस्तै, बैठकले कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूतनम साझा कार्यक्रम बनाउने सहमति गरेको उनले बताए । बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल सुरु गर्नेलगायत विषयमा छलफल भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई भ्रमपूर्ण र अवान्छित रुपमा प्रस्तुत गरेको टिप्पणी गर्दै बैठकमा सो विषयमा समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यका साथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको उनले बताए । यसैगरी सत्तारुढ दलबीच दलीय आधारमा फरक मान्यता र धारणा भए पनि सरकार र संसद्का काममा साझा धारणाका साथ प्रस्तुत हुने सम्बन्धमा छलफल भएको मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।