काठमाडौं खबर भदौ २४, २०८१
काठमाडौं । प्राध्यापक कृष्ण गौतमको कृति अद्वैतले यस वर्षको पद्मश्री पुरस्कार प्राप्त गरेको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बीपी जयन्तीको अवसरमा आज जारी गरेको विज्ञप्तिमा विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार ‘अद्वैत’ लाई अर्पण गर्ने निर्णय गरिएको बताए ।
लामिछानेका अनुसार प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो ।
नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको जनाइएको विज्ञप्तिमा उल्लेख छ । चामलिङ २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री थिए ।
यस्तो छ लामिछानेले जारी गरेको विज्ञप्ति