काठमाडौं खबर भदौ ४, २०८१
काठमाडौं । यौनिक अल्पसंख्यकहरूले गाईजात्रा धुमधामका साथ मनाएका छन् । दिवंगत भएका आफ्ना साथीहरूको सम्झनामा प्राइड परेड गरेका हुन् । गाईजात्राको अवसरमा उनीहरूले ठमेलदेखि वसन्तपुरसम्म प्राइड परेड गरेका हुन् ।
सो अवसरमा उनीहरूले विभिन्न पहिरनमा सजिएर आफ्नो अनेक रूप देखाएका थिए । कार्यक्रमको आयोजना ब्लु डायमण्ड सोसाइटीले गरेको थियो । सोसाइटीको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन्।