काठमाडौं खबर भदौ २, २०८१
काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख ले संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ । यही भदौ १ गतेको निर्णयअनुसार भदौ ५ गतेदेखि क्षेत्रभित्र पर्ने सबै वडामा सुदृढीकरण अभियान लिएर जान लागिएको प्रदेश ४ ख कार्यसमितिका सचिव मनोज सिग्देलले जानकारी दिए।
शनिबारको बैठकको निर्णयानुसार प्रदेश ख का सभापति रामप्रसाद लुइँटेलले बुनपा वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ का वडा सभापतिहरूलाई सम्बोधन गरी पठाएको पत्रमा सुदृढीकरण अभियानमा अन्तर्गत् भेटघाट कार्यक्रमका लागि आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।
यो अभियान तीन महिनासम्म चल्ने जनाइएको छ । यो अभियानमा विभिन्न वडामा देखिएका समस्याको जानकारी संकलन गर्ने र त्यसको समस्याको लागि पहल गर्ने नेपाली काँग्रेसले जनाएको छ ।