काठमाडौं खबर साउन २६, २०८१
काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा शुक्रबार लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ । एक धागो उद्योगमा झण्डै ४ बजेबाट सुरु भएको आगलागी राति पौने ८ बजे नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी करिब १०० जना सुरक्षाकर्मी खटिएका थिए । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजे आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।
ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो ।