काठमाडौं खबर साउन १९, २०८१
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि पूर्व पर्यटनमन्त्री प्रेम आले उपेक्षामा परेका छन् । डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमै नपरेपछि उनी उपेक्षामा परेका हुन् ।
शुक्रबार पार्टीले तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्यको सूचीमा सार्वजनिक गरेको थियो । गत असार १८ मा सम्पन्न महाधिवेशनले साविक पोलिट्ब्युरो र प्रदेश अध्यक्षहरू समेटेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो । शुक्रबार २ सय ५१ जना थपेर ३ सय ४४ पुर्याउँदा पनि आलेको नाम नसमेटिएको हो ।
असार १६ देखि १८ सम्म चलेको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो। त्यतिखेर महाधिवेशनको हलमा साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरूको नाम राखेर केन्द्रीय समिति घोषणा गरिएको थियो।