काठमाडौं खबर साउन १४, २०८१
काठमाडौं । सोमबार भक्तपुरको हनुमन्ते खोलाले जल सतह पार गरेको छ । बिहान ७ बजे खोला तटीय क्षेत्रमा बिहान ७ बजेसम्म जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भक्तपुरबाहेक दोलखा र सिन्धुपाल्चोकमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । त्यसैले यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
आज राति पनि काठमाडौंलगायत देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा राति धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।