काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।
नेपालले खेलेको योसहित तीन संस्करणको एसिया कपको खेलमध्ये यसपटकको खेल अघिल्ला खेलहरू भन्दा केही फरक भए । यसअघिका दुई संस्करणमा एउटा पनि खेल नजिती घर फर्किएको नेपाली टोलीले यसपटक भने एउटा खेलमा जितको स्वाद लिन सक्यो । यो पटक समूह चरणको पहिलो खेलमा युएईमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने पाकिस्तानविरुद्ध भने ९ विकेटको फराकिलो हार व्यहोर्न पुग्यो ।
यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको नेपालले जितको स्वाद लिन पाएको थिएन।