काठमाडौं खबर साउन ४, २०८१
काठमाडौं । सन्दिप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत जेठ २ गते न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ आएको हो । सो फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ ।
त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभई सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ ।
यस्तो छ लामिछानेको मुद्दामा आएको फैसलाको पूर्णपाठ