काठमाडौं खबर साउन ४, २०८१
काठमाडौं । उन्मूलन घोषणा भएको १० वर्षपछि काठमाडौंको ढलमा पोलियो भाइरस देखिएको छ । काठमाडौंका विभिन्न नदी किनारमा गरिएको परीक्षणको क्रममा काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट भाइरस भेटिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् । नेपालमा सन् २०१० देखि नै पोलियोका विरामी नदेखिए पनि क्षेत्रिय रुपमा एकै पटक घोषणा गर्ने विश्व स्वास्थ्य संगठनको प्रावधानले नेपालले एक वर्षका लागि भारतलाई कुर्नुपरेको थियो । अहिले पनि कुनै व्यक्तिमा यसको संक्रमण भएको नभेटिए पनि ढलमा यसको संक्रमण भेटिनुले यसको संक्रमण भेटिन सक्ने स्वास्थ्य सेवा विभागका अधिकारीहरूको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनले सन् १९८८ मा पोलियो रोगलाइ विश्वबाट उन्मुलन गर्ने घोषणा गरेपछि नेपालमा पनि पोलियो थोपा खुवाउने अभियान सुरु गरिएको थियो। उनका अनुसार जेठ ३१ मा नमुना संकलन गरिएको थियो र प्रयोगशालाको रिर्पोट २९ असारमा आएको थियो ।