काठमाडौं खबर असार २४, २०८१
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं ८ को पूर्ण बैठक सोमबार हुने भएको छ । अपराह्न ५ बजे नौलिन स्पोर्ट्स भिल्ला सुन्दरबस्तीमा हुने कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रमुख अतिथिको रुपमा उपस्थित हुने बताइएको छ ।
वडा नं ८ को आयोजना हुने कार्यक्रममा भातृ संस्थाका सभापति, टोल सभापति, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य तथा पदाधिकारी र बुद्धिजीवीहरुले आआफ्नो धारणा राख्ने वडा सभापति राजाराम थापाले जानकारी दिए ।
हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरु आदिका बारेमा बहस विमर्श गर्ने उद्देश्यले हरेक वडामा गरिँदै आएको पूर्ण बैठक सोमबार बुनपा ८ मा गर्न लागिएको थापाले जानकारी दिए ।