काठमाडौं । जारी युरोकप २०२४ को सेमिफाइनल खेलमा स्विट्जरल्याण्डलाई दुई गोलअन्तरले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति मेर्कुर स्पेइल एरिनामा भएको खेलमा पेनाल्टी सुटआउटमा ५-३ को जित हाँसिल गर्दै इङ्ल्याण्डले जित हासिल गरेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । टाइब्रेकरमा इंग्ल्यान्डबाट प्रहारका लागि आएका कुनै पनि खेलाडीले गल्ती गरेनन् । इंग्ल्यान्डका ट्रेन्ट एलेसान्डर आर्नोल्ड, इभान टोनी, बुकायो साका, जुड बेलिङ्घम र कोल पाल्मेरले गोल गरे ।
इङ्ग्लिस फुटबलको इतिहासमा हालसम्म इंग्ल्यान्ड चार पटकमात्र टाइब्रेकरमा जित निकालेको छ । जसमा आजको नतिजासहित इंग्ल्यान्डले दुई पटक स्वीस टिमविरुद्ध नै जित निकालेको हो । इंग्ल्यान्डले यसअघि सन् २०१९ को यूईएफए नेसन्स लिगमा स्वीस टिमलाई टाइब्रेकरमा निराश बनाएको थियो ।
जितसँगै इंग्ल्यान्डले अब फाइनल प्रवेशका लागि टर्कीया र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्ने भएको छ । इंग्ल्यान्ड गत संस्करणको फाइनलमा पुगे पनि इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि उपविजेतामा खुम्चिएको थियो ।