

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई ए ग्रेडको खेलाडीको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ । नेपाली क्रिकेट टोलीका स्पिनर लामिछानेलाई ए ग्रेडमा नियुक्त गरेसँगै उनले मासिक एक लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् ।
बलात्कार मुद्दा लागेर निलम्बन भएका उनी यो मुद्दाको टुंगो नलागेसम्म उनलाई ग्रेडिङमा समावेश गरिएको थिएन । शुक्रबार बसेको क्यानको बैठकले ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए। उनको नियुक्ति जुलाई १ गतेदेखि लागू हुने क्यानले जनाएको छ ।