

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पेश गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रवक्ता मनिष झाले मुकुल ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिएको बताए ।झाले प्रतिवेदन रास्वापाको नभएर डा. मुकुल ढकालको भएको पनि दोहोर्याएका छन् ।
सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘हिजो पार्टी कार्यालयमा पत्रकार भेटघाट दौरान तपाईँहरूलाई जानकारी गराए अनुसार र आज यो समूह बनाउँदै गर्दा भने झैं अब म डाक्टर मुकुल ढकाल ज्यू को समीक्षा यात्राको प्रतिवेदन यहाँ सार्वजनिक गर्दैछु। यो प्रतिवेदन रास्वपाको नभएर डा. मुकुल ढकालको हो। यसलाई सार्वजनिक गरेर न्याय गरियोस् भन्ने उनको अनुरोध अनुसार प्रतिवेदनको लिन्क पठाउने कार्यको सहजीकरण मात्र गरेको जानकारी गराउँदछु।’
यस्तो छ मुकुल ढकालले पेश गरेको प्रतिवेदन