काठमाडौं खबर असार २०, २०८१
काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल बुनपा ८ र बुनपा ८ नेपाली काँग्रेस वडा कमिटीको संयोजनमा तरुणका कुरा सुन्ने कार्यक्रम आयोजना हुने भएको छ । शनिबार सुन्दर बस्तीको न्य्हुजा क्याफेमा हुने कार्यक्रममा तरुण र वर्तमान राजनीति शीर्षकमा अन्तर्क्रिया कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् ।
स्थानीय तरूण युवाहरूको कुरा सुन्ने कार्यक्रम रहेको तरुण दल बुढानीलकण्ठ नगरपालिकाका सभापति राजुविक्रम थापाले जानकारी दिए ।
शनिबार बिहान ७:४५ बजेबाट सुरु हुने कार्यक्रममा सम्पूर्ण तरुण कार्यकर्ताहरू, पार्टीका विभिन्न पदमा आसीन पदाधिकारी एवं वडासदस्यहरूको सहभागिता हुने बताइएको छ ।
१३ वटै इकाईमा साप्ताहिकरूपमा हुने यो कार्यक्रम यसभन्दा अगाडि बुनपा ५, ९, १२, १, १० मा पनि सम्पन्न भइसकेको छ ।