काठमाडौं खबर असार १५, २०८१
काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारलाई दबाब दिन दबाब यात्रा सुरु गरेका छन् । शनिबार बिहानबाट दबाब यात्रा सुरु गर्दै चक्रपथ बिस्तार चाँडो नभए सरकारी गाडी चल्न नदिने चेतावनी दिएका छन् ।
कलंकीदेखि चाबहिल ओम अस्पतालअगाडिको धोबीखोलासम्मको सडक बिस्तारको काम तीब्र रुपमा अघि नबढाए सो बाटोमा सरकारी गाडी गुड्न नदिने चेतावनी उनले दिएका हुन् । ‘यदि सरकारले गम्भीर रुपमा नलिएको खण्डमा हामी कलंकीदेखि ओम अस्पतालसम्मको कलंकी च्रकपथ १३ किलोमिटरसम्म सरकारी गाडीलाई चल्न नदिन पनि सक्छौं । त्यो अवस्था नआओस् ।’ उनले भने ।
दबाब यात्राको क्रममा उनले चिनियाँ पक्षबाट नभई नेपाली सरकारी पक्षको ढिलाइका कारण यस्तो भएको उनले बताए ।