

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो।
महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको बताइएको छ।
उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण गरी बिहीबारमात्र प्रतिवेदन बुझाएका थिए। पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष थियो । प्रतिवेदनको अन्त्यमा डा। ढकालले भावुक सन्देश लेखेका थिए ।