काठमाडौं खबर असार १२, २०८१
काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ले धान दिवसको अवसरमा रोपाईँ कार्यक्रम गर्ने भएको छ । यही असार १५ गते बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा पर्ने चुनिखेलमा रोपाईँ कार्यक्रम आयोजना गर्न लागिएको कार्यवाहक क्षेत्रीय सभापति रामप्रसाद लुईंटेलले जानकारी दिए ।
लुईंटेलका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारलाई निमन्त्रणा गरिएको छ । असार १५ गते सरकारले राष्ट्रिय धान दिवस मनाउने गरेको छ ।
चुनिखेलको रुद्रमती कोरिडोरको कार्यक्रम रिभरसाइन फुटसल पछाडिको खेतमा कार्यक्रम हुने लुईंटेलले जानकारी दिए ।