

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोडको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि सञ्चित कोषको २४ अर्ब २० करोड ६३ लाख र जग्गा एकीकरणबाट एक अर्ब ५० करोड आम्दानी हुने लक्ष्यसहितको बजेट पेस गरेकी हुन् ।
पालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन गरेको छ । पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ अर्ब ८९ करोड बजेट विनियोजन भएको छ ।
आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशाससनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको डंगोलले सुनाइन् ।