काठमाडौं खबर असार १०, २०८१
काठमाडौं । जारी युरोकप फुटबल खेलमा जर्मनी र स्विटजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा जर्मनीले स्विटजरल्याण्डलाई १-० ले पछि पारेको थियो । इन्जुरी समयमा बराबरीमा रोक्दै जर्मनी समूह ए को विजेता बनेको छ भने स्विजरल्याण्ड उप विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
खेलमा पहिलो गोल २८ औँ मिनेटमा डान एनडोएले गरेका थिए । हार नजिक पुगेको जर्मनीका लागि फुलक्रगले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल गरे । यसअघि नै समूह एमा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि यही गोलले नै समूह विजेता बनाएर क्वाटर फाइनलमा प्रवेश गराएको हो ।