काठमाडौं खबर असार १०, २०८१
काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबाट अमेरिकासँग भएको खेलमा विजयी भएसँगै इङ्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।
आइतबारको खेलमा इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिएका थिए । स्याम करन र आदिल राशिदले समान दुई दुई तथा लियम लिभिङस्टोनले एक विकेट लिएका थिए । यस जितसँगै इङ्ल्यान्ड अन्तिम सुपर आठको समूह २ मा तीन खेलबाट चार अङ्कका साथ सेमिफाइनलमा पुगेको हो ।
अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य पन्छाउने क्रममा इङ्ल्यान्डले ९ दशमलव ४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । त्यस्तै फिल साल्ट २१ बलमा २५ रनमा अविजित रहे ।