

बुढानीलकण्ठमा बिबिध सामाजिक कार्यमा सक्रिय रहँदै आउकाे बूढानीलकण्ठ युथ सर्कलद्वारा मेरुदण्ड मेरूदण्ड भाँचिएर एकवर्षदेखि उपचार गरिरहेकी करिना तामाङलाई आर्थिक सहयोग गरेको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ निवासी १७ बर्षकी करिना तामाङको १ वर्षदेखि करूणा अस्पतालमा मेरूदण्डको उपचार भैरहेको छ । जंगलमा स्याउला टिप्न जाँदा रुखबाट खसेर करिनाको मेरुदण्ड भाँचिएको थियो।
युथ सर्कलले आर्थिक सहयोग गरेकोमा खुसी व्यक्त गर्दै करिनाले धन्यवाद ज्ञापन गरेकी छिन । करिनाको उपचारका लागि आर्थिक अभाव भएपछि बिभिन्न दाताहरूले सहयोग गर्ने क्रम जारी छ ।