

काठमाडौं । रास्वपाबाट मन्त्री बनेको सुमना श्रेष्ठ विदेशी नागरीकका पत्नी भएको भनेर हल्लाखल्ला भएको छ । यद्यपि उनी कुन देशको नागरीककी श्रीमती भन्ने कुरा सार्वजनिक भएको छैन । उनका पतिको फोटो सार्वजनिक छैन । सँधै विदेशीझैँ पहिरनमा देखिने सुमना श्रेष्ठ नेपालको शिक्षा मन्त्री बनेकी छिन् ।
संसदमा प्रभावकारी उपस्थिति देखाएकी सुमनाको पढाइका बारेमा पनि खासै उल्लेख गरिएको पाइदैन । मन्त्रीहरूको पढाइका बारेमा गरिएको तथ्यांकमा सुमनाले पढाइ कति भन्ने उल्लेख गरेकी छैनन् । उनको पति तथा बालबच्चाका बारेमा पनि उल्लेख नभएको बताइएको छ । उनका पति नेपाली नागरीक भैसकेको विदेशी हुन् कि आफ्नै देशका नागरीक हुन् सो बारे पनि कतै उल्लेख भएको पाइदैन ।
सामाजिक सन्जालमा हल्ला भएजस्तै उनी विदेश नागरीकको पत्नी हुन् भने उनका पति उनीसँगै मन्त्री क्वाटरमा बस्नेछन् । सम्भवतः विश्वमै विदेशी पतिकी पत्नीलाइ सांसद तथा मन्त्री दिइएको एकदमै नभेटिने विषय बन्नेछ । रास्वपाबाट समानुपातिक सांसद बन्दादेखि नै उनको पति तथा विवाहका बारेमा बेला बेलामा चर्चा परिचर्चा हुने गरे पनि सुमनाले यो बारे कुनै औपचारिक अभिव्यक्ति दिएकी छैनन । सामाजिक सन्जालमा व्यापकरूपमा सक्रिय देखिने सुमनाले पति र बिबाहका बारेमा थाहा हुने कुनै पनि कन्टेन्ट फेशबुक वा ट्विटरमा राखेकी छैनन ।
रास्वपामा सुमनाको मात्र हैन अर्का सांसद स्वर्णीम वाग्लेको पनि विदेशी पत्नी छिन् । सभापति रवि लामिछानेको पनि नागरीकताकै इस्यु बनेको थियो । लामो समय अमेरिका बसेर उतैका नागरीक बनेका रविले नागरीकताकै विषयमा १ वर्षअघि गृहमन्त्री गुमाउनु परेको थियो ।