काठमाडौं खबर फाल्गुन २२, २०८०
काठमाडौं । बुढानीलकण्ठ वडा नं २ को कालिका पार्कमा पूणर्कदको धर्मेश्वर महादेव मन्दिर स्थापित गरिएको छ । स्थापित १३ फुट अग्लो महादेवको मूर्तिलाइ शिवरात्रीका दिन प्राण प्रतिष्ठा गरिने भएको छ । गो ल्फुटारमा रहेको खड्का पेट्रोल पम्मधनी अच्युत खड्काले निजी लागनीमा सो मन्दिर स्थापना गरेका हुन् ।
फागुन २५ गते परेको शिवरात्री पर्वको दिन बिहान ११ बजेबाट धर्मेश्वर महादेवको दर्शन गर्न सकिने कालिका पार्क समितिका अध्यक्ष शंकरप्रसाद गौतमले बाँडेको निमन्त्रणा पत्रमा जनाइएको छ ।