काठमाडौँ । राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार नेपाली कांग्रेससँगबाट माओवादी केन्द्र विमुख हुँदै गएको देखिएको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेबीचको दूरी क्रमशः घट्दै गएको छ। प्रमुख प्रतिपक्ष एमालेको ३ जना मन्त्री हटाउने माग र सभामुखले यसवारे प्रधानमन्त्रीलाई आएर जवाफ दिन फागुन २१ गतेसम्मका निम्ति दिएको म्यादका वीच बिहान ८ बजेलाई सत्ता गठबन्धनको बैठक डाकिएको छ ।
मन्त्रीहरु फेर्ने कि नफेर्ने तानातानवीच हिजो बेलुकी काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दश जनै मन्त्रीहरूलाई बोलाएर एकसरो छलफल गरी नयाँ परिस्थितिका निम्ति तयार रहन निर्देशन दिएका छन् । देउवाले नयाँ परिस्थित भनेको मन्त्री पद जानसक्ने अबस्थामा तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएको बताइन्छ । वर्तमान गठबन्धन बचाउन देउवा मन्त्रीहरूलाई व्याक गर्न तयार भएको श्रोतले बतायो ।
उता माओवादी केन्द्र तथा प्रधानमन्त्रीलाई रास्ट्रिय सभा अध्यक्षमा आफ्नो समर्थन रहने र जुनसुकै परिस्थितिमा साथ दिने वचनसहित एमाले अध्यक्ष केपी ओलीले बालुटार नै पुगेर बचन दिएको विषय पनि बाहिर आएको छ । ओलीले कागज गरेर प्रचण्डलाइ ५ वर्ष नै प्रधानमन्त्री चलाउन दिने र पार्टी एकता गर्नेबारे पनि छलफल गरेको विषय चर्चामा छ ।
यसैबीच समीकरण भत्काएर पुरानै गठवन्धन जगाई आफू पुनः गृहमन्त्री बन्न यसवीच रवि लामिछानेको सक्रियता पनि बढेको बताइन्छ । लामिछानेको एकदुई दिनदेखि बालकोट-बालुवाटार म्याराथुन पनि बाक्लिएको पाइएको छ ।