काठमाडौं । शिक्षा क्षेत्रमा फराकिलो पाइला हिँडिरहेको काठमाडौँको मनास्लु वर्ल्ड कलेजले विशिष्ट व्यक्तित्वहरूलाइ सम्मानका साथ कक्षा ११ माँ भर्ना भएका विद्यार्थीहरूको स्वागत गर्ने भएको छ । फागुन ६ गते आइतवार नेपाल प्रज्ञा प्रतिष्ठमान आयोजना हुने एक एक विशिष्ट कार्यक्रममा कलेजले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको हातबाट विशिष्ट व्यक्तिहरूको सम्मान गर्न लागेको हो ।
मनास्लु वर्ल्ड कलेजले आफू शिक्षाका साथै सामाजिक सेवामा पनि समर्पित रहँदै आएको शैक्षिक संस्थाको परिचय दिँदै संगीतकार, खेलाडी, संचारकर्मी, शिक्षासेवी, समाजसेवी तथा विद्यालय कर्मचारीलाइ सम्मान गर्न लागेको प्रिन्सिपल राजन श्रेष्ठले बताए ।
फागुन ६ गते हुने कार्यक्रमअन्तर्गत सम्मान कार्यक्रमअघि मनास्लु आइडलको ग्र्यान्ड फिनाले, मनास्लु डान्सिङ स्टारको ग्र्यान्ड फिनाले, मिस्टरर एन्ड मिसेर मनास्लुको २०८० को ग्र्यान्ड फिनाले हुने छ ।
त्यसैगरी कक्षा १२ को बोर्ड परीक्षमा उत्कृष्ट १० जना विद्यार्थीलाइ पनि कलेजले मनास्लु एकेडेमिक अचिभमेन्ट अवार्डद्वारा सम्मान गर्ने प्रन्सिपल श्रेष्ठले बताए । कार्यक्रममा गायकहरू कुन्ती मोक्तान, समिक्षा अधिकारी, तृष्णा गुरूङ, सुवानी मोक्तानको प्रस्तुति रहनुका साथै विद्यार्थीहरूले पनि बिभिन्न विधामा प्रस्तुति राख्ने बताइएको छ ।